रात्रि कालीन बस सञ्चालन रोक्ने सरकारको निर्णय-Sutra News

रात्रि कालीन बस सञ्चालन रोक्ने सरकारको निर्णय

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१
फाइल तस्बिर

काठमाडौं । सरकारले दुई दिन अति भारी वर्षासमेत हुन सक्ने विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।



जल तथा मौसम पूर्वानुमान महाशाखाले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको हो । रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।

यस्तै, भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्‌को जोखिममा रहेका मानिसलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने जस्ता निर्णय पनि प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट