काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापाले तथ्यका आधारमा सत्यमा पुग्ने गरी समितिले काम गरिरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा छलफलमा उनले दुई महिनाको अवधिमा सरोकारवाला निकायसँग छलफल गरी तथ्यमा पुग्ने काम भएको भन्दै तथ्यका आधारमा सत्यमा पुग्ने समितिको उद्देश्य भएको बताए ।
उनले समितिमा विभिन्न दलको प्रतिनिधित्व रहे पनि कुनै राजनीतिक प्रभाव नराखी निष्पक्ष रुपमा अध्ययन अनुसन्धान गरिरहेको जिकीर गरे । संसदको शत प्रतिशत मतले छानविन समिति गठन भएको भन्दै उनले समितिले जवाफदेहीताका साथ काम गर्ने धारणा राखे ।
उनले सहकारी समस्याको दीर्घ कालीन समाधानको प्रयास स्वरुप समिति सक्रिय रहेकाले त्यही अनुसारको सिफारिस गर्ने स्पष्ट पारे ।