अवामी लीगका २० नेताको शव भेटियो, २७ जिल्लामा हिन्दु समुदायविरुद्ध आक्रमण-Sutra News

अवामी लीगका २० नेताको शव भेटियो, २७ जिल्लामा हिन्दु समुदायविरुद्ध आक्रमण

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । नियन्त्रण बाहिर गइरहेको बंगलादेशको अवस्थाका बारे लगातार चिन्ताजनक समाचारहरु बाहिरिएका छन् । विद्यार्थीहरुले निकालेको मसालले अहिले देश नै जल्न थालेको छ ।



यसबीच व्यापकरुपमा हिंसात्मक घटना घटेको खबर बाहिरिएको छ । योबीचमा शेख हसीनाको पार्टी अवामी लीगका २० नेताको शव भेटिएको छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै भारतको शरणमा पुगेकी हसीनाको पार्टीका नेताहरुविरुद्ध आन्दोलन केन्द्रीत बनेको हो । सञ्चार माध्यमले जनाएअनुसार हालसम्म २० नेताको शव भेटिएको छ । साथै, कतिपय पारिवारिक सदस्यको पनि शव भेटिएको छ ।

योबीचमा अवामी लीग आबद्ध व्यवसायीको घरमा तोडफोड तथा लुटपाट पनि गरिएको विषय बाहिर आएको छ ।

विद्यार्थीले सुरु गरेको आन्दोलन क्रमशः हिन्दु विरोधी पनि बन्न थालेको सञ्चार माध्यमले जनाएका छन् । हिंसात्मक घटनाहरु सार्वजनिक भइरहँदा ठूलो संख्यामा हिन्दुहरु विस्थापित हुन थालेको जनाइएको छ ।

बंगलादेशको २७ जिल्लामा हिन्दु लक्षित आक्रमणहरु भएका छन् । जहाँ थुप्रै मन्दीरहरु जलाइएको तथ्य बाहिरिएको छ । जसलाई बंगलादेशको जमात ए इस्लामीले पनि सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट