दोस्रो दिन पनि सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?-Sutra News

दोस्रो दिन पनि सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । सोमबार प्रतितोला एक लाख ५० हजार पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा मंगलबारदेखि भने भारी गिरावट आउन थालेको छ । मंगलबार प्रतितोला २३ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पनि १४ सयले घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो दुई कारोबार दिनको बीचमा सुनको मूल्यमा प्रतितोला ३७ सय रुपैयाँले गिरावट आएको छ ।

मंगलबारको तुलनामा १४ सय रुपैयाँले घट्दै सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यमा भारी गिरावट भइरहँदा चाँदीको मूल्यसमेत घट्न थालेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला १५ रुपैयाँले घट्दै चाँदी प्रतितोला १७ सय १० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ६० रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट