कार्यदलले शीर्ष नेतालाई बुझायो टीआरसीको प्रतिवेदन-Sutra News

कार्यदलले शीर्ष नेतालाई बुझायो टीआरसीको प्रतिवेदन

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१
फाइल तस्विर

काठमाडौं । सङ्क्रमण कालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।



गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत बिहीबार टीआरसी विधेयकमा रहेका विवादमा सहमति जुटाएका थिए ।

कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

सङ्क्रमण कालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ ।

साथै, पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको छ । यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शीर्ष नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट