‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा समेटिए माधव नेपाल-Sutra News

‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा समेटिए माधव नेपाल

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ।



अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यस फिल्मको बुधबार सार्वजनिक गरिएको पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्राथमिकता पाएका छन् । उनले फिल्ममा राजनीतिक दलको नेताको भूमिका निर्वाह गरेका छन् ।

भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको फिल्मको यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवं अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

फिल्म ‘नमेटिने घाउ’ मा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत फिल्ममा अभिनय रहेको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

madhav

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट