काठमाडौं । सङ्क्रमण कालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरूलाई गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले टीआरसी विधेयकमा रहेका विवादमा सहमति जुटाएका थिए ।
कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।
सङ्क्रमण कालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ ।