हेलिकप्टरमा थिए यी चार जना यात्रु (नामावालीसहित)-Sutra News

हेलिकप्टरमा थिए यी चार जना यात्रु (नामावालीसहित)

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । आज दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको जनाइएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जान उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।



दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा चार जना सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका खुलेको छ । हालसम्म चार जनाको शव भेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाव झाले हेलिकप्टरमा चार जना यात्रु सवार भएको स्पष्ट पारे । ‘दुर्घटना भएको हेलिकप्टर खोज्न दुई वटा हेलिकप्टर खोज्न गएका छन्,’ उनले भने, ‘हेलिकप्टरमा चार जना सवार थिए, थप विवरण आउन बाँकी छ ।’

हेलिकप्टर दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । शिवपुरी ७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट