विदेश पठाइदिने भन्दै दुई करोड ठगी गर्ने युवा पक्राउ-Sutra News

विदेश पठाइदिने भन्दै दुई करोड ठगी गर्ने युवा पक्राउ

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट एक करोड ९७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।



ललितपुर महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका ६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भएका थिए । यसपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट