हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन-Sutra News

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच बुझ आयोग बनाउने भएको हो ।



आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

आज दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चिनियाँ यात्रु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट