काठमाडौं । टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लाग्दा ‘ओभरसुट’ गरेको छ ।
फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
अवतरणका क्रममा ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताइएको छ ।