छ सय ११ किलोग्राम गाँजासहित जलेश्वरबाट समातिए दुई भारतीय-Sutra News

छ सय ११ किलोग्राम गाँजासहित जलेश्वरबाट समातिए दुई भारतीय

बिहिबार, २४ साउन २०८१

बिहिबार, २४ साउन २०८१

जलेश्वर (महोत्तरी) । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।



पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो ।

मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट