काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशको कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको देखिन्छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राित देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।