कुलमानले किन गर्दैछन् पत्रकार सम्मेलन ?-Sutra News

कुलमानले किन गर्दैछन् पत्रकार सम्मेलन ?

शुक्रबार, २५ साउन २०८१

शुक्रबार, २५ साउन २०८१

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । शुक्रबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।



डेडिकेटेड र ट्रंकलाइनको महसुल विवादबारे धारणा राख्न घिसिङले सम्मेलन गर्न लागेकाे बुझिएकाे छ ।

बिहीबारमात्रै घिसिङले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण संसदकाे सार्वजनिक लेखा समितिलाई बुझाएका थिए । लेखा समितिले डाटा हराएकाे भन्दै उल्टै कारबाहीकाे तयारी गरेपछि उनले उक्त विवरण बुझाएका थिए ।

साथै, समितिले छलफल नै नटुङ्गाइ घिसिङमाथि कारबाही गर्ने गरी प्रतिवेदन तयार पारेकाे छ । जुन सञ्चार माध्यममार्फत सार्वजनिक भएकाे छ । जसबारे पनि घिसिङले धारणा राख्ने बुझिएकाे छ ।

साथै, उनले आफ्नो दाेस्राे कार्यकाल तीन वर्ष पूरा भएको सन्दर्भमा पनि कार्यकालबारे समीक्षा गर्न पत्रकार सम्मेलन आयाेजना गरेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट