काठमाडौं । नेपाल विद्यूत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौतालाई आधार मानेर प्राधिकरणको नाफा नदेखिएको दाबी गरेका छन् । प्राधिकरणको नाफाको सन्दर्भलाई लिएर विभिन्न टिका टिप्पणी भएपछि उनले यसबारे बोलेका हुन् ।
प्राधिकरणले पछिल्लो आठ वर्षको बीचमा झण्डै ८२ अर्ब नाफा कमाएको घिसिङ्गको दाबी छ । प्राधिकरणको वित्तीय विवरण महालेखा परीक्षकले तयार गरेको उनले बताए ।
“विद्युत प्राधिकरणको नाफा कागजी हो, नाफा देखाउनलाई डेडिकेटेड तथा ट्रंक लाइनको विद्यूत महसुलको बिल गरेर नाफा देखायो भन्ने गरेको सुनिन्छ”, उनले भनेका छन्, “प्राधिकरणले विगत आठ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पु¥याउँदा करिब ८२ अर्ब नाफा देखिएको छ । ८२ अर्बको नाफा यत्तिकै भएको छैन । यो नाफा डेडिकेटेड र ट्रंकको बिलले भएको होइन । त्यो बिलको पनि केही अंश होला । ८२ अर्ब नाफा महालेखा परीक्षकबाट अडिट रिपोर्ट हो ।”
उनले विरोधीहरुलाई “महालेखा परीक्षकले निकालेको विवरणलाई गलत कसरी भन्ने ?” भन्ने प्रश्न गरेका छन् । उनले प्राधिकरणको नाफा महसुल बढाएर पनि नभएको बताए । “तीन पटक गरी २५ प्रतिशत महसुल घटाइएपनि नाफा बृद्धि भएको छ, कुनै पनि सेवामा यसरी महसुल घटाएको छैन होला”, उनले भने ।
५९ लाख ग्राहकमध्ये २२ लाखलाई न्यूनतम निःशुल्क गरिएको उनले बताए ।
घिसिङ्गले इक्रा नेपालको क्रेडिट रेटिङ्गबाट पनि प्राधिकरणको अवस्थाबारे जानकारी लिन मिल्ने उनले बताए । उनले प्राधिरकणको आर्थिक अवस्था निकै भएको बताए ।
प्राधिकरणको १० प्रतिशत सेयर निष्कासन गर्ने तयारीमा रहेको घिसिङ्गले जानकारी दिएका छन् ।