यस्तो छ ‘रावायण’को दोस्रो पोस्टरमा, के फिल्मले एसिड आक्रमणको कथा उठाइएको हो ?-Sutra News

यस्तो छ ‘रावायण’को दोस्रो पोस्टरमा, के फिल्मले एसिड आक्रमणको कथा उठाइएको हो ?

शुक्रबार, २५ साउन २०८१

शुक्रबार, २५ साउन २०८१

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘रावायण’को दोस्रो पोस्टरमा सार्वजनिक भएको छ । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्मको सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् ।



फिल्मको एक्सनपूर्ण टिजर रिलिज गरेको निर्मापक्षले केही दिनपछि दोस्रो पोस्टरमा सार्वजनिक गरेको हो । टिजर सार्वजनिक भएसँगै पलको एक्सन अवतारले तारिफ पाइरहेको छ ।

यता पहिलो पोस्टरमा पलको एङ्ग्री अवतारलाई समावेश गरिएको थियो । दोस्रो पोष्टरमा भने नायिका पूजा रिसाएकी छन् भने नायक पल केही शान्त र केही गम्भीर भावमा देखिएका छन् ।

नायिका पुजाले कसैलाई आँखा तर्किएर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यसले, कतै यो फिल्मले एसिड आक्रमणको कथालाई उठान गरेको त छैन भन्ने प्रश्न उब्जिएको छ । निर्माणपक्षले टिजरमा यसको कुनै छनक दिएको थिएन ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट