लेखा सिमितलाई ‘एक ट्रक कागजपत्र’ पठाएको विषयमा के भने कुलमानले ?-Sutra News

लेखा सिमितलाई ‘एक ट्रक कागजपत्र’ पठाएको विषयमा के भने कुलमानले ?

शुक्रबार, २५ साउन २०८१

शुक्रबार, २५ साउन २०८१

काठमाडौं । सार्वजनिक लेखा समितिलाई पठाइएको ‘एक ट्रक कागज’बारे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले जवाफ दिएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले जसबारे बोलेका हुन् ।



उनले समितिलाई आवश्यक कागजपत्र मात्रै पठाइएको बताएका छन् । बाहिर चर्चाभए जस्तो असम्बन्धित कागजपत्र नपठाइएको उनले जनाएका छन् । बिलिङ्गको विषयमा बुझ्न टिओडी डाटा मात्रै पर्याप्त नहुने हुनाले अन्य सहयोगी डकुमेन्ट पठाइएको उनले बताए ।

“सबै हाम्रो सम्बन्धित र आवश्यक डकुमेन्ट बुझाएको हो । हामीसँग घन्टा–घन्टाको विद्युत खपतको रेकर्ड हुन्छ । त्यो रेकर्डको सफ्ट कपीको प्रिन्ट नै ४० कि ५० हजार आएको छ । त्यो पनि पठाएका हौँ”, उनले भने, “एमपावर भन्ने सफ्ट वेयरमा भएको सबै डाउनलोड गरेर पठाइदियौं । पछिल्लो चरणमा गरेका बिलिङको प्रिन्ट र एक्सेल सिट पनि पठाइदियौं । यसैगरि, अदालतबाट भएका ९०वटा निर्णयमा विभिन्न व्याख्या भएको छ । ती सबै व्याख्याको फोटोकपि गरेर पठाएका छौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट