फास्ट ट्र्याकमा टीआरसी पारित गर्ने तयारी, मंगलबार नै संसदमा पेस हुने-Sutra News

फास्ट ट्र्याकमा टीआरसी पारित गर्ने तयारी, मंगलबार नै संसदमा पेस हुने

शुक्रबार, २५ साउन २०८१

शुक्रबार, २५ साउन २०८१

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि पत्राचार गरेको हाे ।



सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा शुक्रबार पेस गर्न पत्राचार गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए ।

प्रतिनिधि सभाले २०८० साल वैशाख १५ मा दफावार छलफलका लागि भन्दै उक्त विधेयक समितिमा पठाएकाे थियाे । तर, शीर्ष तहमा सहमति बन्न नसक्दा एक वर्षदेखि विधेयक अलपत्र अवस्थामा थियाे ।

उच्च तहमा सहमति भएसँगै गत बिहीबार समितिबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट