आज शनिबार तपाईंको दिन कति शुभ ? हेर्नुहोस् राशिफल-Sutra News

आज शनिबार तपाईंको दिन कति शुभ ? हेर्नुहोस् राशिफल

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

आज मिति २०८१ साल साउन २६ गते शनिबार । तदनुसार अगस्ट महिनाको १० तारिख सन् २०२४ । आज श्रावण शुक्ल पक्षको षष्ठी तिथि । आज बिहान ५ बजेर ३२ मिनेट जाँदा झुल्किएको घाम साँझ ६ बजेर ४५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन केही चुनौतीयुक्त छ, बेकारको विवादमा फँस्न सकिने सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । ब्यापारमा फाइदै होला तर पेशागत रुपमा समस्या देखिन सक्छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले आजको दिन विशेष होस राखेर व्यवहार गर्नुहोला । प्रेमभाव बढ्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ ।

बृष

अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ भने व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ ।नाता कुटुम्बका काममा सघाउनुपर्ने योग छ । मनमा दुबिधा रहन पनि सक्छ । सामाजिक काममा नाम रहने छ । मिष्ठान्न भोजन मिल्ला । व्यस्तता बढ्नेछ । परिवारिक सुख रहला ।

मिथुन

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने दिन छ । कतैबाट खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । आज यात्राको पनि योग रहेको छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग मिल्ने र अल्झेका कामहरू अरुको सहयोगमा बन्ने योग छ । अप्रत्याशित लाभ हुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन खास उत्साहजनक नरहला । पीडा दिनेहरू सक्रिय रहलान् । सवल स्वास्थ्यका लागि खानामा विशेष ध्यान दिनुहुोला । धननाश हुन सक्छ । व्यर्थको खर्च हुन सक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । खानपानमा पनि सावधान रहनु स्वास्थ्यका लागि हितकर होला । व्यस्तता बढ्नेछ । यशवर्चश्व वृद्धि हुनेछ ।

कन्या

ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुने समय छ । नयाँ कामको थालनी होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ भने मुद्दा(मामिला वा प्रतिस्पर्धामा विजयी भइनेछ । धनलाभको योग छ, पढाइमा प्रगति होला । लगानी वृद्धि हुनेछ । आरोग्यता रहनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ । दिन खुशीसाथ बित्नेछ ।

तुला

कर्मबल बढ्ने छ । सोचेभन्दा बढी नै लाभ होला । व्यवहारिक कार्यमा मन लाग्नेछ । आफन्तमिलनले सुख देला । आयआर्जनमा राम्रो दिन छ । धन आर्जनको योग छ । पाहुनाको आगमनले मन हर्षित रहला । नयाँ कामको लागि परिवारजनको राम्रो सल्लाह आउला । रसरागमा आकर्षण रहनेछ ।

बृश्चिक

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्ला । कामहरू सजिलैसँग बन्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्न सक्छ । मन शान्त रहला । मिठो भोजन प्राप्त हुनेछ । समयले साथ दिनेछ ।

धनु

घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोकादिनेहरू फेला पर्लान् । ब्यर्थको कार्यमा अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि खासै सवल नरहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आजको दिन टाढाको यात्रा नगर्नु हितकर हुनेछ । जोखिम वृद्धि हुने देखिन्छ ।

मकर

सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । तथापि, नसोचेको धनलाभ हुनसक्ने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । रुपैयापैसाको लेनदेन कार्य आज कसैसँग नगरेकै उत्तम हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ, संयम राख्नुहोला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहला । काम बन्नाले सुखको अनुभव हुनेछ । पठनपाठनमा मन जानेछ । सोचेअनुरुप आयआर्जन हुनेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

मीन

दिन राम्रो छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । व्यापारमा पाउने सफलता यथावत रहने छ । विशेष साथीभाइसँग भेटघाट हुन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट