काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने-Sutra News

काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

काठमाडौं । काठमाडौंको थानकोट क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।



नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडरअन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नु पर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ ।

थानकोट फिडरअन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायतका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट