काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा शुक्रबार राखेका थिए । अरू नेताले आज आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा पार्टीले समसामयिक राजनीतिक उपस्थिति, जनपरिचालन, सङ्गठन निर्माण तथा विस्तार, पार्टी एकता एजेन्डा बनाएर छलफल चलिरहेको छ । स्थायी समिति बैठक सकिए लगत्तै केन्द्रीय समिति बैठकबाट कार्यक्रम र योजना बनाएर जनतामा जाने माओवादीले योजना बनाएको छ ।