म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ- प्रधानमन्त्री ओली-Sutra News

म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ- प्रधानमन्त्री ओली

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।



एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन् ।

‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन्, भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन,’ उनले भने, ‘हालै संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ, आउँदो असोजको पहिलो साता राष्ट्र सङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्ने छु ।’

प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको दाबी गरे । यस क्रममा उनले थपे, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ, म राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट