सरकारलाई प्रश्न- दलितलाई मन्त्री खै ?, दलितलाई राजदूत खै ?-Sutra News

सरकारलाई प्रश्न- दलितलाई मन्त्री खै ?, दलितलाई राजदूत खै ?

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

काठमाडौं । राज्य सञ्चालनका निकायमा दलित समूदायको प्रतिनिधित्व हुनु पर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।



दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई सहभागिता गराउनु पर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले राज्य सञ्चालनका निकायमा दलित समूदायलाई घृणा गरिएको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले राज्यका महत्वपूर्ण निकायमा दलित समूदायको प्रतिनिधित्व गर्नका लागि निरन्तरत दबाब दिने जनाए । दलित समूदाय हक अधिकार स्थापित गर्न पनि राज्यका निकायमा आफूहरुको उपस्थिति हुनु पर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनका सहभागीहरुले, दलितलाई मन्त्री खै ?, दलितलाई बजेट खै ?, ‘दलितलाई राजदूत खै ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट