काठमाडौं । महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ ।
शनिबार मनमोहन अस्पताल पुगेका गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका मृत्यु भएको हो । आज दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए ।
भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङ हामफाली उनी घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो ।
उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।