‘लिभिङ टुगेदर’मा बसेका केटाले बिहे गर्न नमानेको भन्दै युवती गरिन् आत्महत्याको प्रयास-Sutra News

‘लिभिङ टुगेदर’मा बसेका केटाले बिहे गर्न नमानेको भन्दै युवती गरिन् आत्महत्याको प्रयास

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

काठमाडौं । काठमाडौंको माइतिघरमा आत्महत्या गर्न प्रयास गर्ने महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेका केटाले बिहे गर्न नमानेको भन्दै महिलाले राष्ट्रिय झण्डा राखेको पोलमा चढेकी थिइन् ।



जुम्ला घर भएकी सहारा शाही नाम गरेकी महिला झण्डा राख्ने पोलबाट हाम्फाल्ने प्रयास गरेकी थिइन् । उनी केटाले बिहे गर्न नमानेको भन्दै पछिल्लो एक महिनादेखि धर्नामा बस्दै आएकी थिइन् ।

धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी हुन् । उनलाई तत्काल प्रहरीले उद्धार गरेको थियो ।

यसअघि सोही पोलमा आफूलाई पूर्वश्रीमानले बलात्कार गरेको मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरी चढेकी थिइन् । पोलमा चढेर आत्महत्याको प्रयास गरेकी उनलाई पनि प्रहरीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट