आज कर्कट, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कति शुभ ?-Sutra News

आज कर्कट, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कति शुभ ?

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

आज मिति २०८१ साल साउन २७ गते आइतबार । तदनुसार अगष्ट महिनाको ११ तारिख सन् २०२४ । आज श्रावण शुक्ल पक्षको सप्तमी तिथि । आज बिहान ५ बजेर ३२ मिनेट जाँदा झुल्किएको घाम साँझ ६ बजेर ४५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन अनावश्यक रुपमा कसैसँग विवाद हुन सक्छ, सचेत रहनुहोला । आज यात्रामा पनि विशेष सावधान रहनु हितकर होला । लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्न सक्छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।

बृष

मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । मित्रजनले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने योग छ । पढाइमा सुधार आउला । कुरा काट्नेहरु प्रशंसक बन्ने छन, काममा समस्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्छ । व्यस्तता बढ्ने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

दिन राम्रो छ । अधुरा काम बन्ने तथा नयाँ काम मिल्न सक्छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइने छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ । मनमा हौसला बढ्ने छ पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, त्यसै–त्यसै मन हर्षित भएर आउने छ ।

कर्कट

व्यापार व्यवसायमा लाग्नेहरूलाई आजको दिन विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्यमा सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउला, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिँदैन । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

स्वास्थ्यगत समस्याले केही पिरोल्न सक्ने समय छ । आजको दिन सवारी साधन एवम् हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । समय राम्रो भएपनि आज खर्च बढ्ने विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकाले विशेष सावधान रहनुहोला । खर्च बढ्ने, गलत विचार बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

कन्या

विभिन्न अवसरले पछ्याउने छन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । वित्तादी लाभ हुने योग छ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तहरुको उचित सहयोग मिलने छ । रसरागको भाव वृद्धि होला । समस्याकको समाधान मिल्नेछ ।

तुला

आजको दिन सजिलै अरुको विश्वास जित्न सकिने छ । धन मान पाउने योग छ । गरेको कामबाट फाइदा नै हुनेछ भने व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ला । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साहसिक काममा आकर्षण बढ्ने छ ।

बृश्चिक

फुर्सदिलो समय छ । आजको दिन अनुकूल तथा सुखद यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । जीवनसाथी र मातृसल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्ने छ । रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त गर्नु हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

समय खासै अनुकूल छैन । जोखिम बढ्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आर्थिक दृष्टिले पनि संकटको अनुभूत हुनेछ । लेनदेनमा विवाद बढ्नेछ, सकभर आज आर्थिक कारोबार नगरेकै राम्रो । घरायसी समस्याबाट जोगिन बुद्धि र विवेकको भरपुर उपयोग गर्नुहोला ।

मकर

नयाँ योजना तथा दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग छ । आजको दिन अरुको काम धेरै गर्नु पर्ला । समय ब्यर्थ खेर गएको अनुभूति हुनेछ । राजनीतिमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिएला । भएको दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

शुभदायी समय छ । सोच्ने शक्ति बढ्ने छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् भने सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ दाम्पत्य सम्बन्ध सुखद रहनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

भाग्य बलियो छ । आजको दिन परिश्रमले धेरै काम बन्नेछन् । व्यापारबाट धनलाभ हुन सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । वार्तामा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । साथी संगीले राम्रै सहयोग गर्लान्, तर आफन्तको सहयोग भने नमिल्ने योग छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट