‘खुस्मा’को टिजरमा द्वन्द्वले पारेको प्रेम र बाध्यता-Sutra News

‘खुस्मा’को टिजरमा द्वन्द्वले पारेको प्रेम र बाध्यता

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ ।



अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टिजरले फिल्मको कथा र भावनात्मक पक्षको झलक दिएको छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्मको टिजरले द्वन्द्वले गाउँमा पारेको प्रभाव धिरज र उपासनाको प्रेम, बाध्यता, रिभेन्ज र बिछोडलाई प्रस्तुत गरेको छ ।

निर्देशक मगरले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो उनको ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्र्तराष्ट्रिय फिल्म महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट