प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से-Sutra News

प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमै नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १३.७० अंकले बढ्दै २७८०.०८ को बिन्दुमा उक्लिएको छ ।



प्रि सेसनमा ७२ हजार २०३ कित्ता किनबेच हुँदा कारोबार रकम तीन करोड ९४ लाख ६८ हजार रुपैयाँको भयो ।

यो सेसनमा १०९ कम्पनीको किनबेच भएको छ । जसमा ७२ कम्पनीको मूल्य बढेको छ ।

यो सेसनमा सर्वाधिक सिवम् सिमेन्टको कारोबार भयो । सँगै निफ्रा, सोनापुर मिनरल्स, सवोत्तम सिमेन्ट, घोराही सिमेन्टको पनि कारोबार भयो ।

यसअघि बिहीबार नेप्से ६.७० अंकले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट