काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन (आइतबार) सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आइतबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार भने सुनको मूल्य तोलाको एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य स्थिर छ । सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कायम भएको छ ।
विशेषगरी अन्तराष्ट्रिय बजारमा मूल्यमा भएको घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । पछिल्लो समय मूल्यमा तिव्र घटबढ हुँदा सुनको कारोबार भने बढ्न सकेको छैन ।