बंगलादेशमा बैंकबाट दुई लाखभन्दा बढी निकाले शंकाका घेरामा पर्ने-Sutra News

बंगलादेशमा बैंकबाट दुई लाखभन्दा बढी निकाले शंकाका घेरामा पर्ने

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । बंगलादेशको केन्द्रीय बैंकले यो हप्ता एक जना ग्राहकले अधिकतम दुई लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ ।



दुई लाखभन्दा बढी पैसा निकाल्न नदिने सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो । यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपत कालीन सन्देशमार्फत जानकारी गराइएको हो ।

यस्तो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखामा रकम स्थानान्तरण गर्न कठिनाई सिर्जना भइरहेपछि यो निर्देशन जारी गरिएको हो । रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ ।

बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधि रोक्न पनि निर्देशन दिइएको छ । ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट