करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, तीन जना घाइते-Sutra News

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, तीन जना घाइते

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जना विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । घटना तीन जना घाइते भएका छन् ।



सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूख काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो ।

विं.सं. २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिम रहेको खुलेको छ ।

घटनामा प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका ६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ भने घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट