काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न प्रस्ताव गरेका छन् ।
सरकारबाट बाहिरिएपछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले यस्तो प्रस्ताव पेश गरेका हुन् ।
पार्टी निमार्णका लागि विभिन्न काम गर्नु पर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिह्न फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् । बैठक जारी छ ।