काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिक खेल आज समापन हुने भएको छ । समापन समारोह पेरिसको स्थानीय समयअनुुसार साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ ।
यस क्रममा टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ । अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुँदै छ ।
यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो स्थानमा छ भने एसियाका जापान र दक्षिण कोरिया पदक हासिल गर्ने उत्कृष्ट १० मा परेका छन् । अफ्रिका र दक्षिण अमेरिकाका देश भने शीर्ष १० मा अटाउन असफल भएका छन् ।
हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ काँस्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ काँस्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदक रहेका छद्द भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जीत हासिल गरेको छ ।