हसिनाले भनिन्- म चाँडै देश फर्किंन्छु-Sutra News

हसिनाले भनिन्- म चाँडै देश फर्किंन्छु

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी हुन् ।



सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सचार माध्यमले जनाएका छन् । हाल भारतमा शरणार्थी जीवन बिताइरहेकी हसिनाले पहिलोपटक मुख खोलेकी हुन् ।

हसिनाले आफ्नो सन्देशमा बंगलादेशी नागरिकहरूलाई कट्टरपन्थीबाट भ्रममा नपर्न चेतावनी दिएकी छन् । आफ्ना नजिकका सहयोगीमार्फत पठाइएको र इटीलाई उपलब्ध गराइएको सन्देशमा हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएँ, उनीहरू विद्यार्थीको शवमाथि सत्तामा आउन चाहन्थे, मैले यो हुन नदिई प्रधानमन्त्री पदबाट राजीनामा दिएँ ।’

हसिना थप भन्छिन्, ‘यदि, म देशमा बसेको भए, धेरै ज्यान गुमाउने थिए, धेरै स्रोतहरू नष्ट हुने थिए, मैले छोड्ने धेरै गाह्रो निर्णय लिएँ, म तपाईंको नेता भएँ किनकी तपाईंले मलाई छान्नु भयो, धेरै नेताको हत्या भएको कार्यकर्तालाई उत्पीडन गर्ने, घरमा तोडफोड र आगजनी भएको खबर सुनेर मेरो मन आँसुले भरिएको छ, सर्वशक्तिमान अल्लाहको कृपाले म चाँडै फर्कने छु ।’

हसिनाले अवामी लिगले बारम्बार आवाज उठाएको बताएकी छन् । ‘म सँधै बंगलादेशको भविष्यका लागि प्रार्थना गर्ने छु, जुन राष्ट्रका लागि मेरा बुबाले लडेका थिए, जुन राष्ट्रका लागि मेरा पिता र परिवारले आफ्नो जीवन बलिदान दिए,’ उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट