प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदेको कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो ।



उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् । केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।

भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट