पुटिनसँग सहयाेग खाेज्दै अब्बास, आगामी साता जाँदैछन् रूस-Sutra News

पुटिनसँग सहयाेग खाेज्दै अब्बास, आगामी साता जाँदैछन् रूस

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडाैं । प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता मस्को भ्रमण गर्ने भएका छन् । रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मङ्गलबार पुटिनलाई भेट्ने जानकारी गराएको हाे ।



राजदूत अब्देल हाफिज नोफलले बताएअनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्ने बताए ।

“हामी जटिल अवस्था भोगिरहेका छौं र रुस हाम्रो नजिकको देश हो । हामीलाई एकअर्काको परामर्श आवश्यक छ”, राजदूत अब्देलले भने ।

मस्कोले वर्षौँसम्म इजरायल र प्यालेस्टाइनसहित मध्यपूर्वका सबै प्रमुख मुलुकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ । तर, इजरायल–हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै द्वन्द्वपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट भएका थिए । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट