महिला डाक्टर मार्ने आरोपीको मोबाइलमा भेटियो अश्लिल भिडियो-Sutra News

महिला डाक्टर मार्ने आरोपीको मोबाइलमा भेटियो अश्लिल भिडियो

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् ।



आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो । जहाँ उनलाई भारतीय न्याय संहिताअन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगष्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।

सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए । न्युज १८ को रिपोर्टअनुसार प्रहरीले आरोपीको मोबाइलबाट अश्लिल भिडियो बरामद गरेको छ । अभियुक्तबाट एउटा ब्लुटुथ हेडफोन बरामद भएको छ । जसलाई महत्वपूर्ण प्रमाणका रुपमा लिइएको छ ।

नागरिक स्वयंसेवकका रूपमा राखिएका कारण अभियुक्तले सहजै अस्पताल प्रवेश पाएका थिए । प्रहरीलाई सहयोग गर्ने यस्ता कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट