पछिल्लो समय प्रदर्शनमा आएको बलिउड फिल्म ‘अरों मे कहाँ दम था’ ले बक्स अफिसमा निकै संघर्ष गरिरहेको छ ।
नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले खासै रुचाएका छैनन् । बलिउड अभिनेता अजय देवगन अभिनीत यो फिल्मले बक्सअफिसमा संघर्षको पसिना बगाइरहेको छ । यो फिल्मले प्रदर्शनको १० औं दिन अर्थात् दोस्रो सातामा कति कलेक्शन गर्यो त ?
अजयका यो वर्ष पाँच फिल्म हलमा रिलिज हुने छन्, जसमध्ये तीन प्रदर्शनमा आएका छन् । अजयको पहिलो फिल्म ‘शैतान’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सफल भएको थियो भने वर्षको पहिलो हिट साबित बन्न सफल भयो ।
यता दोस्रो फिल्म ‘मैदान’ले निकै प्रशंसा पाए पनि दर्शकको मन जित्न सकेन । अहिले अजयको हालै ‘अरों मे कहाँ दम था’ रिलिज भएको छ, तर यो फिल्म बक्स अफिसमा फ्लप भएको छ ।
फिल्मको कमाईको कुरा गर्दा ‘अरों मे कहाँ दम था’ ले १.८५ करोड कमाइ गरेको छ । रिलिजको दोस्रो हप्तामा पुगेको फिल्मले पहिलो हप्तामा १०.१ करोड कमाएको थियो ।
फिल्मले दोस्रो शुक्रबार ३५ लाख रुपैयाँ कमाएको थियो भने दोस्रो शनिबार ५४ लाख रुपैयाँ कमाएको थियो । अब यो फिल्मले रिलिजको दशौं दिन अर्थात् दोस्रो दोस्रो साताको आइतबारको कमाईको प्रारम्भिक आँकडा आएको छ ।
सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘अरों मे कहाँ दम था’ ले रिलिजको १० औं दिनमा ५६ लाख रुपैयाँ कमाएको छ। योसँगै फिल्मको १० दिनको कुल बक्स अफिस कलेक्सन ११.५५ करोड मात्र पुगेको छ ।