म्यानमारमा फेरि रोहिंग्या मुस्लिममाथि आक्रमण, २ सयको मृत्यु-Sutra News

म्यानमारमा फेरि रोहिंग्या मुस्लिममाथि आक्रमण, २ सयको मृत्यु

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडाैं । म्यानमारको पश्चिमी राज्य रखाइनमा तोपखाना र ड्रोन आक्रमणमा परी मुस्लिम रोहिंग्या अल्पसंख्यक समुदायका कम्तीमा २०० सर्वसाधारणको मृत्यु भएको छ । समाचार एजेन्सी एसोसिएट प्रेसले जनाएअनुसार २०० जनाकाे ज्यान गएकाे घटनामा घाइतेकाे संख्या पनि दर्जनाैं छ ।



घटनामा बाँचेकाले दिएकाे बयानअनुसार राेहिंग्यामाथिकाे आक्रमण अराकान आर्मीकाे हात छ । अराकान आर्मी म्यानमारको रखाइन जातीय समूहको सैन्य शाखा हो। यद्यपि, यो सेनाले आक्रमणको कुनै पनि जिम्मेवारी भने लिइसकेकाे छैन ।

बाँचेकाहरू भागेर बंगलादेश तर्फ लागेकाे जनाइएकाे छ ।

बंगलादेशसँग सीमासँग जोडिएको क्षेत्रमा केही क्षेत्रमा रोहिंग्या मुस्लिमहरू एउटा पोखरी नजिक डुङ्गा पर्खिरहेका बेला यो हमला भएको हो। बंगलादेशको सीमा नजिक म्यानमारको पश्चिमी रखाइन राज्यमा यो हमला भएको हो ।

मानिसहरु बच्न सिधै खोलामा हाम फालेका थिए । यी मानिसहरु बंगलादेशको नाफ नदी पार गरेर मौङदाउ सहरमा भएको भीषण लडाईबाट बच्न खोजिरहेका थिए ।

अराकान आर्मीले छुट्टै सरकारको माग गरेको छ

म्यानमारको केन्द्रीय सरकारबाट स्वायत्तता खोज्ने अराकान आर्मीले नोभेम्बर २०२३ देखि आक्रमण सुरु गरेकाे थियाे । यसले छिमेकी चीन राज्यको एउटा सहित १७ वटा टाउनशिपहरू मध्ये नौवटा नियन्त्रणमा लिएको छ। उसले जुन महिनादेखि सीमावर्ती सहर मङ्डाओ कब्जा गर्ने प्रयास गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट