प्रि ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से-Sutra News

प्रि ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६४ अंकले बढेको छ । आइतबार ९४.४६ अंकले बढेको नेप्से सोमबार प्रि ओपन सेसनमा पनि दोहोरो अंकले बढेको हो ।



प्रि ओपन सेसनमा नेप्से २८७६.४८ को बिन्दुमा उक्लिएको छ ।

यो सेसनमा ६४ हजार २३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई करोड ६५ लाख ३२ हजार रुपैयाँ भएको छ ।

कारोबार भएका ११७ कम्पनीमध्ये ८० कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ । प्रि सेसनमा सबैभन्दा बढी सिटी होटल, हिमाल दोलखा जलविद्युत, कुमारी बैंकलगायतको कारोबार उच्च भएको छ ।

आइतबार उच्च अंकले बढ्दै नेप्से २८ सयको बिन्दुमाथि उक्लिएको थियो । यदि आइतबारको उत्साह कायमै रहेमा नेप्सेले आज २९ सयको बिन्दुलाई पार गर्नसक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट