प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ बुँदे सुझाव (पूर्णपाठसहित)-Sutra News

प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ बुँदे सुझाव (पूर्णपाठसहित)

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । डा. ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन्।



उनले सुशासनका विभिन्न एजेन्डासहित संविधान संशाेधनसम्मका विषयमा १५ बुँदे सुझाव पत्रमा समेटेका छन् ।

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

संविधान संशाेधनकाे सन्दर्भमा डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। त्यस्तै, जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन्।

थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिएका छन्।

डा. ढकालले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। तर, पार्टीलाई नबुझाउँदै मिडियामा सार्वजनिक गरेपछि उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो ।

उनलाई पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको छ ।

यस्ता छन् डा. ढकालका १५ बुँदे सुझाव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट