काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घण्टाका लागि सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक २ बजे बस्ने गरी सरेको हो ।
जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, शीर्ष नेताहरूको कार्य व्यस्तता देखाउँदै चार घण्टापछि सरेको हो ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माणलगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।
उक्त प्रस्तावपछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखेका थिए । उनको मागसँगै माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।