बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते-Sutra News

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका ५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।



काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।

घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको छ । तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छ जनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारी साधन, बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका २ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रक चालक रामेछाप साङटार गाउँपालिका २ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट