मन्त्री सिंहले भारतीय विदेश सचिवसँग मागे बागमती र विष्णुमति नदी सफाइ गर्न साथ-Sutra News

मन्त्री सिंहले भारतीय विदेश सचिवसँग मागे बागमती र विष्णुमति नदी सफाइ गर्न साथ

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणका रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् ।



दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिश्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार बिहान शहरी विकास मन्त्रालयमा भेट गरेका हुन् । भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिए ।

भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बागमती, विष्णुमतिलगायतका नदीको स्वच्छता र सफाईलगायतका नेपाल भारतबीच हुन सक्ने सहकार्यका  विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदी सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुन सक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।

त्यस्तै, उनले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट