काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको भोलिदेखि सुनवाइ हुने भएको छ । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरु हुने भएको हो ।
संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।
उनका अनुसार सुनवाइ प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० देखि सुनुवाइ सुरु हुनेछ ।