यी हुन् सबैभन्दा धेरै सेयर मूल्य बढेका १० कम्पनी-Sutra News

यी हुन् सबैभन्दा धेरै सेयर मूल्य बढेका १० कम्पनी

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । नेप्से निरन्तर उकालोमा छ । आइतबार ९४ अंकले बढेको नेप्से सोमबार ७० अंकले बढ्दै २९३१ को बिन्दुमा उक्लिएको छ ।



उछालपूर्णरुपमा बढिरहेको नेप्सेमा थुप्रै कम्पनीका लगानीकर्ता फाइदामा गएका छन् । सोमबार ७ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो भने ३ कम्पनीको मूल्य ९.९९ प्रतिशतले बढ्यो ।

यस्तै, १० कम्पनीको मूल्य नौ प्रतिशतले बढ्यो ।

सोमबार १० प्रतिशतले बढेर लगानीकर्तालाई नाफा दिने कम्पनीमा सूर्य ज्योति लाइफ इन्स्योरेन्सदेखि भिजन लुम्बिनी उर्जा कम्पनीसम्म छ । सेयर मूल्य १० प्रतिशत बृद्धि हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशि हाइड्रोपावर, रसुवागढी हाइड्रो, स्वेत गंगा हाइड्रोपावर, शुभम् पावर र भिजन लुम्बिनी उर्जा कम्पनी छ ।

यस्तै, सगरमाथा जलविद्युत, हिमाल दोलखा र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

२९ सयमाथि नेप्से, कारोबार रकममा फेरि नयाँ रेकर्ड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट