काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरुले प्रदर्शन गरेका छन् ।
घिसिङ्गको कारण मुलुकको विद्युत क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नारावाजी गरेका छन् ।
बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरुले आफुहरु कुलमानको साथमा रहेको जनाएका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘२२ अर्व विद्युत बक्यौता रकम असुल गर’, ‘विद्युत प्राधिकरणभित्रको चलखेल बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि शनिबार कुलमानको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।