माछा खाएर सुतेका तीन बालबालिकाको निधन-Sutra News

माछा खाएर सुतेका तीन बालबालिकाको निधन

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । माछा र भात खाएर ‘फुड पोइजनिङ’ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको निधन भएको छ ।



फुड पोइजनिङबाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोरा-छोरीको निधन भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले जानकारी दिए ।

छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारको छोरीहरू ९ वर्षीय लालिमा राम, ७ वर्षीय पुष्पा राम र ५ वर्षीय छोरा कृष्णनन्दन राम माछासँगै खाना खाएर सुतेका थिए ।

केही समयपछि तीनै जना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानीय स्तरमा सामान्य उपचारपछि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताए । घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट