काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरीलगायत नेताहरूले बैठकका एजेण्डामाथि केन्द्रीत रहेर आफ्नो धारणा पेश गरेका थिए ।
बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा पेश गरेका थिए । बैठक आगामी भदौ ७ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।