काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । जलनसम्बन्धी विधेयकमा छलफल गर्न बैठकको एजेण्डा रहने छ ।
आज मंगलबार बिहान १०ः३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ ।
उनका अनुसार समसामयिक, राजनीतिक घटना क्रमसहित थप एजेण्डामा प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकसम्बन्धी, कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमण कालीन न्यायसम्बन्धी विधेयक र विविध रहेको छ ।